राष्ट्रपति भण्डारीको चीन भ्रमण : नेपाल चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर



चीन । राष्ट्रपति विद्यादेवी भण्डारीको चिन भ्रमणका अबसरमा नेपाल र चिन बिच बिभिन्न द्विपक्षीय सम्झौताहरु भएका छन । राष्ट्रपति  भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच आज ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठकपछि  नेपाल तथा चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको हो ।

 दुई देशबीच पारवहन सम्झौताको प्रोटोकलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका चिनियाँ समकक्षी ली छियाङपेङले प्रोटोकलमा हस्ताक्षर गरेका हुन्। यसले नेपालका लागि भारतबाहेकको भूमिबाट समुद्रसम्म पुग्ने बाटो खुलेको छ।

त्यस्तै चिनियाँ सहयोगमा बनेका विद्यमान परियोजनाका मर्मत तथा सबलीकरणका लागि अनुदान र सहयोगपत्र हस्तान्तरणमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री ज्ञवाली तथा चिनियाँ वाणिज्यमन्त्री झोङ शानले हस्ताक्षर गरे ।

त्यस्तै   भन्सारमा आपसी प्रशासनिक सहयोग सम्झौतामा सचिव घिमिरे तथा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले हस्ताक्षर गरे । नेपाल गुणस्तर विभाग तथा स्ट्याण्डर्ड एण्ड मेट्रोलोजी एण्ड स्ट्याण्डर्डाइजेशन एडमिनिष्ट्रेशन अफ चाइनाबीच सहयोगका सहमतिपत्रमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल तथा नेपालका लागि चिनियाँ राजदूत होउले हस्ताक्षर गरे ।दुई देशबीच पारवहन सम्झौता ले नेपालको आयात निर्यात ब्यापारमा उल्लेख्य सहज हुने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति : बैशाख १६, २०७६ सोमबार  ३ : २३ बजे