भ्रष्टाचारका विरुद्धमा हाम्रा साथीहरू उभिनुपर्छ : बरिष्ठ नेता कोइराला



काठमाडौँ, ४ असार जेठ । नेपाली कांग्रेसका बरिष्ठ नेता शेखर कोइरालाले सरकारले जथाभाबि कर लगाउदा जनता महँगीमा परेको बताएका छन् ।नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा बोल्दै बरिष्ठ नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले आलु, प्याजमा कर लगाउनु नेपाली उपभोक्ताको लागि राम्रो नभएको भन्दै सरकारले आलु, प्याजमा लगाएको कर तत्काल संशोधन गर्न माग गरे ।

नेता कोइरालाले श्रम आयोग र श्रम अदालत बनाउन आफूले पहल गर्ने बताए । उहनले पार्टीको केन्द्रीय तहमा ट्रेड युनियन कांग्रेसको प्रतिनिधित्व गराउने विश्वास व्यक्त गरे ।

“सरकार कता कता बरालिन थालेको छ, दण्डहिन्ता र भ्रष्टाचारका विरुद्धमा हाम्रो साथीहरू उभिनुपर्छ, सरकारमा कांग्रेस साथीको राम्रो उपस्थित छ, हाम्रा साथीहरू सजक हुनुपर्छ”, उनले भने । उनले नेपाल ट्रेड युनियन आन्दोलनलाई नयाँ धाराका साथ अगाडि बढाउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : असार ४, २०८० सोमबार  ९ : २८ बजे