काठमाडौं, ५ असार । नेकपा एमाले का नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले समानुपातिक समावेशी आधारमा बजेट विनियोजन नभएको भन्दै आपत्ति जनाएका छन् । आज मंगलबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले पूर्वाग्रहको आधारमा बजेट विनियोजन भएको आरोप लगाएका हुन् ।
आफू प्रतिनिधित्व गर्ने नगरकोटको हिगुवापाटी सडक निर्माणमा सरकारले बजेट नछुट्याएको भन्दै उनले ‘कांग्रेस, माओवादी, समाजवादी, रास्वपा छन् भने उनका निम्ति डिँड्ने बाटो अर्को बनाउँछ यो सरकारले रु’ भनी प्रश्न गरे ।
‘राज्यले हिजो लगानी गरेको छ । अब जुवा खेल्ने हो म्याम्लर हो सरकार म सोध्छु किन भने नगरकोट हिगुवापाटी सडक पिच हुन ठिक्क पर्यो । नापजाँच गरेर पठाइदिनुस् । हिजो भौतिकबाट तानेर सहरीमा ल्याउनु भयो । यतापट्टी दश लाख पैसा हाल्नुभयो । १९ किलो मिटर छ । म सोध्छु मेरो झोकले म त्यहाँबाट प्रतिनिधित्व गर्छु । ठीकै छ त्यहाँका कांग्रेस हिँड्छन् कि हिँड्दैनन् त्यहाँका कांग्रेस, माओवादी, समाजवादी, रास्वपा छन् भने उनका निम्ति डिँड्ने बाटो अर्को बनाउँछ यो सरकारले कि त्यही बाटो हिँड्ने हो उनले प्रश्न गरे ।
बजेटमा पूर्वाग्रह देखिएको उनको भनाई छ । समानुपातिक ढंगले बजेट विनियोजन नभए आफू संसद्मा कालो झण्डा लिएर उभिने पनि उनले चेतावनी दिए । ‘मैले ब्रिफकेस चाहिँ फुटाएको देखेको छु । यही सदनमा । मैले चेतावनीको भाषामा तर, विनम्रतापूर्वक भन्न चाहन्छ । मैले कालो झण्डा लिएर उभिन नपरोस् सभामुख महोदय,’– उनले भने ।










