काठमाडौं ,१० साउन । ललिता निवास प्रकरणमा प्रकाउ परेका रमेश कुमार पोखरेललाई थुना बाहिर राखेर अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
उनको स्वास्थ्य अवस्था लगायतका कुराहरुलाई ध्यानमा राखी थुना बाहिर नै राखेर अनुसन्धान गर्न आदेश दिएको हो।
ललिता निवास प्रकरणमा सरकारी कागजात किर्तेमा संलग्न रहेको आरोपमा पोखरेल पक्राउ परेका हुन्। उनी समरजंग कम्पनीका तत्कालीन प्रमुखसमेत हुन्।
अदालतले यसअघि सोही प्रकरणमा सञ्चार, सूचना तथा प्रविधिमन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई देश छाड्न नपाउने गरी थुनामुक्त गर्न आदेश थिएको थियो भने अरु तीन जनालाई भने थुनामै राख्न अनुमति दिएको थियो । भाटभटेनीका मालिक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमलाई थुनामुक्त गर्न अस्वीकार गरेको थियो।