काठमांडौ । नेपाली कांग्रेसले निति अधिबेशनको सट्टामा महासमिति बैठक बोलाउने भएको छ । केन्द्रीय समितिको बैठकमा मंसिरको ११ देखि १३ गतेसम्म महासमिति बैठक बोलाउने प्रस्ताव गरिएकोहो ।
बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मंसिर ११, १२ र १३ महासमिति बैठक गर्ने प्रस्ताव गरेका हुन् ।महासमिति बैठक गर्न समेत ढिला भइसकेकाले नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी महासमिति बैठक गर्ने प्रस्ताव गरिएको बताइएको छ ।














