कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै



काठमाडौं , ११ साउन । कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्धको रिटमाथि आजपनि सुनुवाइ हुँदै छ।

न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाई भइरहेको मुद्दामा आज आदेश आउने सम्भावना रहेको छ।बुधवार सुनुवाइ हुँदाहुँदै नसकिएपछि बिहीवारका लागि हेर्दाहेर्दैमा राखिएको थियो।न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमवार रिटमाथिको सुनुवाइ पूर्ण इजलासबाट हुने आदेश दिएको थियोे।

सभामुखको हस्ताक्षरका आधारमा मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको भन्दै नेकपा ९एमाले० प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले असार २२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा थापालाई मुख्यमन्त्री बनाउने प्रदेश प्रमुखको निर्णय बदर गर्न माग गरिएको थियो। यसमा सभामुख गौतम, प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाइएको छ।

प्रकाशित मिति : श्रावण ११, २०८० बिहीबार  १० : २७ बजे