संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शिर्ष नेताको बैठक जारी



काठमाडौं , २२ साउन । संसद्को गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले आह्वान गरेको प्रमुख तीन दलका शीर्ष नेताहरू सहितको बैठक जारी छ ।

सिंहदरबारमा बसेको बैठकमा सभामुखसँगै प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली सहभागी छन् । बैठकमा यी दलका सचेतकहरू पनि सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा संसद् अवरोध हटाउने र संसदीय समितिकिो सभापति चयनका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : श्रावण २२, २०८० सोमबार  १२ : ५१ बजे