प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेका लागि सर्‍यो



काठमाडौ , २२ साउन । प्रनिधिसभाको आजको बैठक अपराह्न ४ बजेका लागि सरेको छ । आज दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले आजै अपराह्न ४ बजेका लागि सारिएको सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले बताए।

सभामुख देवराज घिमिरेले सदन अवरोधका विषयमा शीर्ष नेतासँग छलफल जारी राखेका छन् ।

प्रकाशित मिति : श्रावण २२, २०८० सोमबार  ३ : ५९ बजे