सबै भाषा धर्म र संस्कृतीको दायित्व राज्यको हो : महामन्त्री थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले, सबै भाषा धर्म र संस्कृतीको संरक्षण राज्यको पहिलो दायित्व भएको बताएका छन् । विश्व आदिवासी दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने ‘नेपाल भित्रका सबै हामी समान छौ । समानताको हकका निम्ति आधारभूत कुरा भनेको अविभेदको आधारमा मात्रै समानताको हक स्थापित हुन सक्छ । ’

संविधानको सार्थक कार्यान्वयन आफ्नो पार्टीले मात्रै गर्न सक्ने दाबी गरेका उनले संविधानलाई सुधार गर्दै लैजाने, त्यसको सार्थक कार्यान्वयनको माध्यमबाट नेपाली जनताको चाहनालाई पूरा गर्दै लैजाने काम नेपाली काँग्रेसबाहेक अन्य दलले गर्न सक्दैन भने । यो संविधान पूर्ण नरहेको बताएका उनले त्यसका सुधारका काम कांग्रेसले मात्रै गर्न सक्ने जिकिर गरे ।

‘यो संविधान अपर्याप्त छ । यसलाई पर्याप्त बनाउने हो । यसलाई थप सुधार गर्दै लिएर जाने हो । र, काँग्रेसले नै यसलाई सार्थक कार्यान्वयन पनि गर्दै यही व्यवस्थाभित्र हामी सबैको चाहनाहरूलाई सम्बोधन गर्दै जाने स्थिति बनाउने छ भन्ने खालको अवस्थामा हामीले पु¥याउनु पर्छ ।’ उनले भने, ‘ हामीले त्यो जिम्मेवारी निर्वाह गर्न सकेनौँ भने अरू कसैले पनि त्यो भूमिका निर्वाह गर्न सक्दैन । यो मैले अहङ्कार राखेर भनेको होइन । नेपाली काँग्रेससँग त्यो समन्वय गर्ने तागत छ । ’

प्रकाशित मिति : श्रावण २३, २०८० मंगलबार  ७ : ५६ बजे