राष्ट्रपति पौडेलसँग सभामुख र राष्ट्रिय सभाका अध्यक्ष बिच भेटबार्ता



काठमाडौं , २६ साउन । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्माननीय सभामुख र राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज बिहान भेटबार्ता गरेका छन्। ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आज १० बजेदेखि आधा घण्टासम्म संसदको अवरोध खुलाउन भइरहेको प्रयासबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले, प्रतिनिधि सभा चल्न नसकेको विषयमा चासो राखेका छन् ।

भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुवाउन सम्माननीयज्यूहरुबाट भएका छलफल प्रयासबारे समेत जानकारी लिएका थिए । भेटमा सम्माननीय सभामुख र सम्माननीय राष्ट्रिय सभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिज्यूबाट समेत सहयोगको अपेक्षा राखेका थिए ।’ । प्रेस सल्लाहकार अधिकारीले जानकारी दिएका छन् । राष्ट्रपति पौडेलले सदनको अवरोधमा चासो राख्दै हिजोमात्र प्रधानमन्त्री पुष्पकमल दाहालसंग पनि छलफल गरेका थिए ।


राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र कानून निर्माणमासमेत बाधा पुग्ने भन्दै गतिरोध हटाउन भइरहेको पहलबारे जिज्ञासा राखेका थिए ।राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसदमा रहेका सबै दलहरूलाई विश्वासमा लिएर संसद खुलाउनका लागि आवश्यक पहल गर्न सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनाको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : श्रावण २६, २०८० शुक्रबार  १२ : २५ बजे