जनमत पार्टीकी सांसद अनितादेवी नवनियुक्त मन्त्रीको शपथ लिईन्



काठमाडौं, २९ साउन । नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सोमबार बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसित उनले शपथ लिएकी हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनी जनमत पार्टीकी सांसद हुन् ।

यसअघि, नेकपा माओवादी केन्द्रका तर्फबाट सामान्य प्रशासनमन्त्री रहेका अमनलाल मोदीलाई फिर्ता बोलाइएको थियो ।

प्रकाशित मिति : श्रावण २९, २०८० सोमबार  ११ : ११ बजे