जमुना रानाले ल्याइन् ‘हेरेको होइन र ?’



साउन २९,काठमाडौं । गायिका जमुना रानाको ‘हेरेको होइन र ?’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

गीत सुजन म्युजिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा राना, कुमार थापा, राम परियार, गुल्मेली जमुनाको स्वर रहेको छ । हुम गैरेको शब्द रहेको गीतलाई जमुनाले नै संगीत गरेकी छन् ।

यो गीतलाई उनकै छोरा सुजनले रेकर्ड गरेका हुन् । गीतको भिडियोमा गायिका राना, गुल्मेली जमुना, विवेक शर्मा, र कमल रानाले अभिनय गरेका छन् । भिडियो रानाले नै निर्देशन गरकी हुन् ।

प्रकाशित मिति : श्रावण २९, २०८० सोमबार  १ : २१ बजे