काठमाडौं, ३० साउन । पछिल्लो दिनमा लगातार वर्षा हुँदा तरकारीको मूल्यमा घटबढ भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार)का लागि सार्वजनिक गरेको मूल्य सूचीमा हरियो तरकारीमा हिजोको तुलनामा मूल्य घटेको हो ।
सार्वजनिक मूल्य अनुसार हरियो तरकारीमा सोमबार १० देखि ५० रुपैयाँसम्म आकासिएको मूल्यमा आज समायोजन भएको छ । हरियो तरकारीको मूल्य १० रुपैयाँदेखि ३० रुपैयाँसम्म घटेर आएको छ । आज बजारमा गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी २० रुपैयाँले घटेको छ । सोमबार प्रतिकेजी गोडभेँडा १६० रुपैयाँ न्यूनतम कायम भएको मूल्य आज १४० रुपैयाँ तोकिएको छ ।लोकल सानो गोलभेँडाको मूल्य हिजोको तुलनामा १० रुपैयाँले घटेर ६० रुपैयाँ प्रतिकेजी रहेको छ । रातो आलुको न्यूनतम मूल्य ५० रुपैयाँ पुग्दा भारतीय सुकेको प्याजमा पनि प्रतिकेजी ५८ रुपैयाँ रहेको छ । आज स्थानीय काउली हिजोको तुलनामा ३० रुपैयाँले घटेर प्रतिकेजी ५० रुपैयाँ न्युनतम मूल्य तोकिएको छ । हिजो काउली प्रतिकेजी ८० रुपैयाँ तोकिएको थियो ।
त्यस्तै, कन्य च्याउको मूल्य हिजोको तुलनामा आज स्थिर रहेको छ । च्याउ २०० रुपैयाँ प्रतिकेजीमा पाइने छ । डल्ले च्याउ भने प्रतिकेजी ५० रुपैयाँले बढेर आज ३५० रुपैयाँमा किनबेच हुने समितिले जनाएको छ ।गाजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्रि भएको छ भने घिउ सिमी लोकल ७०, भन्टा लाम्चो ४०, मकै बोडी ६०, भटमासकोशा ९० रुपैयाँ तोकिएको छ । तितो करेला ४०, लौका ५०, परवल ५५, घिरौला ३०, फर्सी पाकेको ५०, काँक्रो लोकल ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ ।त्यस्तै, केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य हिजोको तुलनामा स्थिर प्रतिकेजी ३५० रहेको छ । कागती १२०, अनार ३५०, तरबुजा हरियो ७०, मौसम १५०,कालो अंगुर ४०० र नासपाति लोकल ६० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।











