आज सुनको मूल्य स्थिर, कतिमा हूदैछ कारोबार ?



काठमाडौं, ३० साउन । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।तेजाबी सुन तोलाको एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : श्रावण ३०, २०८० मंगलबार  ११ : १९ बजे