वामपन्थी एकता हुन नदिन ममाथि षडयन्त्र भयो : उपाध्यक्ष महरा



काठमाडौ, ३० साउन । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले वामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको बताएका छन्। दाङको घोराहीस्थित निवासमा पत्रकार सम्मेलन गर्दै उनले आफूले सबै वामपन्थी शक्तिलाई एक बनाउनका लागि भूमिका खेल्दा प्रहार भएको हुन सक्ने आशङ्का व्यक्त गरे।

“म सन्तुलन मिलाउने व्यक्ति हुँ । सकेसम्म सबै वामपन्थी, सबै माओवादीबीच एकता होेस् । यो देशका राष्ट्रिय शक्ति एक ठाउँमा भइदिए देशको विकास हुन्थ्यो भन्ने चाहना छ”,  उपाध्यक्ष महराले भने । सुन तस्करी प्रकरणमा आफुलाई जोडेपछि उनले आज दाङमा पत्रकार सम्मेलन गरेका हून् । सरकारलाई अनुसन्धानमा सहयोग गर्ने उपाध्यक्ष महरालाले स्पष्ट पारे । 

प्रकाशित मिति : श्रावण ३०, २०८० मंगलबार  ४ : १४ बजे