निजामती कर्मचारी ऐन १ हप्ता भित्र संसदमा दर्ता हुन्छ : उपप्रधानमन्त्री खड्का



काठमाडौं, ३१ साउन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले निजामती कर्मचारी ऐन १ हप्ता भित्र संसदमा दर्ता हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।बुधबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको प्रशिक्षण कार्यक्रम २०८० लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले ऐनका लाग केही काम बाँकी रहेको बताए । उनले उक्त काम सके लगतै १ हप्ता भित्र ऐन दर्ता हुने बताए ।उनले भने ‘ यहि संसदमा दर्ता हुन्छ ।

संसदमा छलफल हुन्छ त्यसको लागि पहिला संसद चल्नु पनि पर्छ । त्यसैले सरकारको तर्फबाट १ हप्ता भित्र संसदमा दर्ता हुन्छ । वैधानिक ठाउँको सल्लाह लिने काम बाँकी छ । त्यो काम सकिने वित्तिकै त्यसको एक हप्ता भित्रमा संसदमा दर्ता हुन्छ । औपचारिक रुपमा दर्ता भएको दिन तपाईहरु सबैले तलव पाउनुहुन्छ । ’निजामती कर्मचारी ऐन औपचारिक रुपमा दर्ता भएको दिन सबैको पारिश्रमिक दिने उनको भनाइ थियो ।उपप्रधानमन्त्री खड्काले मुलुकको अर्थतन्त्रको समस्या साँझा भएको भन्दै समाधानका लागि सबै मिलेर लाग्नु पर्ने बताए ।

प्रकाशित मिति : श्रावण ३१, २०८० बुधबार  १ : ४३ बजे