संघीय निजामती ऐन चाँडै संसदमा दर्ता हुन्छ : उपप्रधानमन्त्री खड्का



काठमाडौं , १ भदौ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार संघीय निजामती सेवा ऐनलाई प्राथमिकतामा राखेर चाँडै संसदमा दर्ता गराउने तयारीमा रहेको बताएका छन् ।


शुक्रवार कांग्रेस निकट निजामती कर्मचारीको भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले यस्तो संविधानले परिकल्पना गरेको संघीयताका संरचाहरु,अगाडि बढाउँनको लागि चाँडो संघीय ऐनहरु ल्याउन नसकेको स्वीकार गरे । उनले संघीय निजामती सेवा ऐन चाँडै संसदमा दर्ता गराउन सरकार प्रतिवद्ध रहेको बताएका हुन्


उनले भने, ‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरिसकेपछि संविधानले परिकल्पना गरेको संघीयताका संरचाहरु,अगाडि बढाउँनको लागि जति चाँडो संघीय ऐनहरु ,शिक्षा ऐन निजामति ऐन ल्याउनुपर्थ्यो । त्यो सकेनौं । अहिले संघीय निजामती सेवा ऐनलाई प्राथमिकतामा राखेर चाँडै संसदमा दर्ता गराउने सरकार प्रतिबद्धता छ । ’उपप्रधानमन्त्री खड्काले निजामती सेवा ऐन राष्ट्रको हितमा बन्दै गरेको खुलास पनि गरे । उनले भने,‘निजामती सेवा ऐन राष्ट्रको हितमा ,जनताको सेवाग्राहीको हितमा सिङ्गो देश र जनताको हितमा बन्दैछ ।’

प्रकाशित मिति : भाद्र १, २०८० शुक्रबार  २ : ०९ बजे