कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको अवस्था हेर्दा आँसु आउने र दिक्क लाग्ने गरेको बताएका छन् । नयाँ बानेश्वरस्थित वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालको निवासमा बुद्धिजीवीहरूसँगको छलफलमा उनले देश असाध्यै अप्ठ्यारो अवस्थामा परेको बताएका हुन् ।
कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करीको अखडा बनिसकेकाले अन्तर्राष्ट्रिय समुदाय सामु नेपालको साख गिरेको बताए ।‘नत हामी ठिक भयौँ, न काम गर्ने शैली, जता हेर्यो भताभुङ्ग र लथालिङ्ग छ। चित्त बुझाउने कतै केही छैन,’ उनले भने, ‘कुनै पनि काण्ड आउँछ त्यसको अनुसन्धान टुङ्गोमा नपुग्दै तुहिन्छ, अनि जनतालाई हामीले के जवाफ दिने रु’
कार्यक्रममा सहभागीहरूले महँगी, भ्रष्टाचार र दण्डहीनताले सिमा नाघेको, भूराजनीति चौपट भएकोर सरकारले एकपछि अर्को अलोकप्रिय निर्णयहरू गर्ने गरेकाले कांग्रेस यो सरकारमा बसिरहन नहुने सुझाव दिएका थिए ।














