प्रदीप गिरिले दिएको शुत्रहरु संविधानमा अंकित गरेर लेख्ने छौं : नेता विश्वकर्मा



काठमाडौं , ४ भदौ । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले प्रदीप गिरिले दिएको शुत्रहरु संविधानमा अंकित गरेर लेख्ने बताएका छन् ।


सोमबार काठमाडौंमा आयोजित नेता स्व. प्रदीप गिरिको प्रथम स्मृति दिवसमा आयोजित संवाद कार्यक्रममा नेता विश्वकर्माले ७२ सालको संविधानमा अर्झै पूर्ण भएन भन्दै गिरिले सहि गरेको स्मरण गरे । उनले अबको संविधानमा गिरिले दिएको शुत्रहरु संविधानमा अंकित गरेर लेख्ने तयारी भईरहेको पनि बताए ।उनले भने ‘प्रदीप गिरिले दिनुभएका शुत्रहरु संविधानमा अंकित गरेर लेख्दैं छौ । ७२ सालको संविधानमा अझै पूर्ण भएन भनेर सही गरेका छन्।’मूलुकमा अहिले राजनीतिक विचलन बढिरहेको भन्दै यस्तो बेला उहाँकोे पद पछ्याउँन आवश्यक रहेको पनि विश्वकर्माको भनाइ छ ।

प्रकाशित मिति : भाद्र ४, २०८० सोमबार  ३ : ३२ बजे