नेपाल र भारतले आयुर्वेद चिकित्साको क्षेत्रमा नविनतम प्रविधिको प्रयोग गर्ने : मन्त्री बस्नेत



काठमाडौं,४ भदौ । नेपाल र भारत सरकारले आयुर्वेद चिकित्साको क्षेत्रमा नविनतम प्रविधिको प्रयोग गर्ने बारेमा छलफल अघि बढाएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सोमबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो भारत भ्रमणबारे जानकारी दिदैं आयुर्वेद चिकित्सकाको क्षेत्रमा दुई देशबीच सहमति, समन्वय र सहकार्य गर्ने विषयमा छलफल भएको बताए ।


मन्त्री बस्नेतले भारतीय पक्षसँगको वार्तामा जीपी कोईराला श्वासप्रस्वास केन्द्रमा संरचना र सेवा विस्तानरमा सहयोग गर्नेबारे नेपालको तर्फबाट प्रस्ताव राखेको पनि बताए ।उनले भने,‘ स्वास्थ्य सचिव र भारतीय टिमसँग दुईपक्षीय वार्ताहरु भए उक्त वार्ताको सन्दर्भमा जीपी कोईराला श्वासप्रस्वास केन्द्रमा संरचना र सेवा विस्तानरमा सहयोग गर्नेबारे नेपालको तर्फबाट हामीले प्रस्ताव राख्यौं । आयुर्वेद चिकित्साको क्षेत्रमा भएको नविनतम प्रविधिको बारेमा सहमति समुन्वय र सहकार्यको बारेमा देशबीच छलफल ग¥यौं । अन्य प्रविधिको आदानप्रदान गर्ने कुरामा पनि छलफल भए ।


उनले नारायणी अस्पतालमा किड्नी ट्रान्सप्लान्ट विशेषज्ञ सेवा दिने हिसाबले आन्तरिक तयारी गरिरहेको भन्दै यसबारे आवश्यक पूर्वाधार तयारका लागि सहयोग गर्ने प्रस्ताव राखेको पनि बताए ।उनले भने,‘किड्नी ट्रान्सप्लान्टको हिसाबले हामीले मधेश प्रदेशको नारायणी अस्पतालमा विशेषज्ञ सेवा दिने हिसाबले आन्तरिक तयारी गरिरहेको छौं । यहि सिलसिलामा भारत सरकारले पनि आवश्यक पूर्वाधार तयार पार्ने कुरामा सहयोग गर्ने प्रस्ताव राख्यौं ।’गत साउन ३० गते भारतभ्रमण प्रस्थान गरेको उनी एक साता पछि आज फर्किएका हुन् ।

प्रकाशित मिति : भाद्र ४, २०८० सोमबार  ५ : ३२ बजे