आज सुनको मूल्य स्थिर



काठमाडौं, ८भदौ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य १० रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय र तेजावी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।त्यस्तैगरी, चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : भाद्र ८, २०८० शुक्रबार  १ : २५ बजे