कोशी सरकारविरुद्धको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदै



काठमाडौं । आज कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ हुँदै छ । कोशी सरकारका मुख्यमन्त्री उद्धव थापालाई बर्खास्त गर्न माग गर्दै एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा शुक्रबार पूर्ण सुनुवाइका लागि पेसी तोकिएको हो ।

कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले ६ भदौमा सर्वोच्चमा रिट दिएका थिए ।

उनले प्रदेश प्रमुख पर्शराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका रिट दायर गरेका छन ।

मुख्यमन्त्रीविरुद्ध परेको रिटलाई छिटोछरितो ढंगले निरूपण गर्नुपर्ने भन्दै सर्वोच्चले अग्राधिकार दिएको छ ।

प्रकाशित मिति : भाद्र १५, २०८० शुक्रबार  ९ : २४ बजे