कोशीका मुख्यमन्त्रीविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’



काठमाडौं ,१५ भदौ । कोशी सरकारविरुद्धको रिटमा शुक्रबार निर्धारित सुनुवाइ ‘हेर्न नमिल्ने भएको छ। आज यो रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको थियो। उक्त रिट इजालस नम्बर एक को ग पेशी तोकिएको थियो। तर न्यायाधीश खतिवडाले हेर्न नमानेपछि आजको लागि तोकिएको सुनुवाइ ‘हेर्न नमिल्ने भएको हो ।

मुख्यमन्त्री थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोेच्चमा रिट दर्ता गराएका थिए । विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको दाबी रिट निवेदनमा गरिएको हो ।प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै उनले मुद्दा हेर्न अस्वीकार गरेका स्रोतले जनाएको छ। यही भदौ ७ गते खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको प्रस्तावमा मत दिनु असंवैधानिक भएको भन्दै दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिएको थियो।

त्यसअघि भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको घोषणा थिए। उक्त कार्य असंवैधानिक भएको भन्दै कोशीका पूर्वमुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटलाई भदौ ७ गते दिएको अन्तरिम आदेशपछि इजलासबाट भदौ १५ गतेका लागि पेसी तोकिएको थियो ।

प्रकाशित मिति : भदौ १५, २०८० शुक्रबार  २ : ०९ बजे