अर्थतन्त्र सुधारका लागि सरकारले ठोस कदम नचाले आन्दोलनमा उत्रने महासंघको चेतावनी



काठमाडौं , १७ भदौ । नेपाल उद्योग तथा व्यवसायी महासंघले, अर्थतन्त्र सुधारका लागि आवश्यक कदम नचाले आन्दोलनमा थाल्ने चेतावनी दिएको छ ।


आईतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघले, राज्यले अर्थतन्त्र सुधारका लागि अविलम्ब ठोष कदम नचाले चरणबद्ध रुपमा कडा विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको हो ।महासंघका महासचिव भगिरथ सपकोटाले, देशको अर्थतन्त्र चलायमान बनाएर मुलुकलाई अहिलेको जटिल परिस्थितीबाट निकास दिन नसकेको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।


उनले भने,‘मुलुकलाई अहिलेको जटिल परिस्थितीबाट निकास दिन नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलगायत राज्यका सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउदै उद्योग व्यवसाय र अर्थतन्त्र सुधारका लागि अविलम्ब ठोस कदम नचाले हामीले चरणबद्ध रुपमा कडा विरोधका कार्यक्रमसहित आन्दोलन गर्ने छौं ।’अहिलको व्यवसायीमैत्री नीति नियम बनाएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्थामा अझै झटिलो र अव्यवहारीक कर नीतिहरु अबलम्बन गर्दा अनौपचारिक अर्थतन्त्र मौलाउन पुगेको उनको आरोप छ ।

प्रकाशित मिति : भाद्र १७, २०८० आईतबार  ५ : ०३ बजे