कांग्रेस सहमहामन्त्री यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार



काठमाडौं , २० भदौ । नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि, खकुरी प्रहार भएको छ ।रिपोर्टस् क्लबबाट निस्कने क्रममा उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले पुष्टि गरेको छ ।नुवाकोट घर भएका श्याम सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २०, २०८० बुधबार  २ : ५९ बजे