डिशहोम फाइवरनेटको सेवा कञ्चनपुर जिल्लाको दोधारा चादँनीमा



कञ्चनपुर जिल्लाको दोधारा चादँनीमा दोधारा चाँदनीमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । यससँग कञ्चनपुर जिल्लाको दोधारा चाँदनीका ग्राहकहरुले अव डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउनेछन् ।

आक्रमक रुपामा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यका लगाएत आसपासका जिल्ला र अन्य मोफसलका जिल्लाहरुमा विस्तार गरिरहेको छ । नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि सधै तत्पर रहेको डिशहोमले जनाएको छ ।

ग्राहकहरुले आफ्नो वजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानि छानि लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट सेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक वन्न सफल भएको पनि डिशहोमले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २०, २०८० बुधबार  ७ : ५३ बजे