काठमाडौं, २१ भदौ । नेपाल तरुण दलले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गर्दै देशभर प्रदर्शन गर्ने भएको छ ।बुधबार भृकुटीमण्डपमा कांग्रेस सहमहामन्त्री यादवमाथि धारिलो हतियार प्रहार भएको थियो ।टाउको र गर्धनमा चोट लागेका यादवको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । आक्रमणमा संलग्न नुवाकोटका शिवप्रसाद सापकोटा प्रहरी नियन्त्रणमा छन् ।यादवमाथिको आक्रमण गणतन्त्र र राजनीतिक व्यवस्थामाथिकै हमला भएको ठहर गर्दै देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको हो

























