मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै



काठमाडौं, २६ भदौ । आज मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै छ ।बैठक मंगलबार बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्न लागेको हो ।मन्त्रिपरिषद् बैठक बसेर नेम्वाङलाई राजकीय सम्मान दिने तयारी छ ।नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो । उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छ ।

प्रकाशित मिति : भाद्र २६, २०८० मंगलबार  १० : १२ बजे