काठमाडौं, २६ भदौ । सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले सुवासलाई राष्ट्रिय सम्मान दिने र उनको अन्त्येष्ठिको दिन सार्वजनीक विदा दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए ।‘मन्त्रीपरिषदको बैठकले सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने र उहाँको अन्त्येष्ठिको दिन सार्वजनीक विदा दिने निर्णय गरेको छ ।’ उनले भने ।सोमबार राति निधन भएको उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ । उनका छोराहरु देश बाहिर रहेकाले अन्त्येष्ठिको दिन तोकिएको छैन् ।
भाद्र २६, २०८० मंगलबार
216
Shares











