आज सूनको बढ्यो,कतिमा हूदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सो सुन तोलाको एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुन तोलाको एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र ३१, २०८० आईतबार  ११ : ३४ बजे