काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण नेपाल र चीनबीचको आर्थिक साझेदारीलाई अझ प्रगाढ बनाउने अवसर रुपमा लिएको बताएका छन् ।
आइतबार नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) को आयोजनामा भएको ’नेपाल चीन बिजनेस समिट’ उनले आफ्नो दुई देश बीच भ्रमणले व्यापार–व्यवसाय सम्बन्ध र लगानी सम्बन्धलाई बलियो विश्वास व्यक्त गरे ।
उनले भने, ‘नेपाल र चीनबीचको आर्थिक साझेदारीलाई अझ प्रगाढ बनाउने हाम्रो प्रयासमा एउटा महत्वपूर्ण अवसरको रूपमा खडा भएको छ । यस प्रकारको संलग्नताले हाम्रा दुई देशबीचको व्यापार–व्यवसाय सम्बन्ध र लगानी सम्बन्धलाई बलियो बनाउन मार्ग प्रशस्त गर्ने निश्चित छ । प्रचुर जलस्रोत, महत्वपूर्ण जलविद्युत उत्पादन क्षमता, हाम्रो खाद्य सुरक्षा आवश्यकतालाई सम्बोधन गर्न सक्ने समृद्ध कृषि क्षेत्र, काठ र गैर–काठ उत्पादनले भरिपूर्ण वन, फस्टाउँदै गरेको पर्यटन उद्योग र बढ्दो आईसीटी क्षेत्र लगानीका आकर्षक क्षेत्रहरू हुन् । लगानीमा उच्च प्रतिफल दिनेछ ।’
उनले सो सम्मेलनले जनताको पारस्परिक हितको लागि उच्च र दिगो विकास हासिल गर्न दुई देशका निजी क्षेत्रहरूको बलियो सहकार्य निर्माणमा केन्द्रित हुनु पर्ने बताए ।
प्रधानमन्त्रीले भने, ‘यो शिखर सम्मेलन हाम्रा जनताको पारस्परिक हितको लागि उच्च र दिगो विकास हासिल गर्न दुई देशका निजी क्षेत्रहरूको बलियो सहकार्य निर्माणमा केन्द्रित हुनुपर्छ ।’














