प्रधानमन्त्री चीन भ्रमण : आज द्विपक्षीय वार्ता हुँदै



काठमाडौ, ८ असोज । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँका चिनियाँ समकक्षीसँग आज द्विपक्षीय भेटवार्ता गर्ने छन् । प्रधानमन्त्री दाहाल र उनका समकक्षी लि छ्याङसँग ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०ः५५ मा भेटवार्ता हुन लागेको हो ।

त्यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति अध्यक्ष चाओ लिजीसँग भेटवार्ता गर्ने छन् । भेटवार्ताका लागि प्रधानमन्त्री दाहाल ग्रेटहल अफ दि पिपलमाआइपुग्ने छन। प्रधानमन्त्री दाहाललाई ग्रेट हलमा स्वागत तथा गार्ड अफ अनर प्रदान गरिएको छ ।

नेपाल–चीन द्विपक्षीय भेटवार्तापछि आज दुई देशबीच विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहालको सम्मानमा चिनियाँ प्रधानमन्त्री लि छ्याङले दिवा भोजको आयोजना गरेका छन् ।

प्रकाशित मिति : आश्विन ८, २०८० सोमबार  ८ : ३२ बजे