मंसिर १३ देखि १५ सम्म काठमाडौंमा महासमिति बैठक गर्ने कांग्रेसको निर्णय, बैठकका लागि बनाइयो चार समिति



काठमाडौं नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले मंसिरको १३ देखि १५ गतेसम्म काठमाडौंमा महासमिति बैठक टुंगो लगाएको छ । तेस्तै महासमिति बैठक तयारीका लागि चार वटा समिति गठन गरेको छ। कांग्रेसको बिहीबारदेखि जारि केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

कांग्रेस बैठकले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं उपत्यकाका तीनै जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरका जिल्ला सभापति, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्षहरु समेत रहने गरि एक मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।

तेस्तै महासमितिको बैठकमा प्रस्तुत गरिने नीतिगत प्रस्ताव तयार गर्न पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा केन्द्रीय पदाधिकारीहरु, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यहरु रहनेछन् ।

महासमितिको बैठकमा पार्टीको सांगठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नेछन् भने र समसामयिक राजनीतिक प्रस्ताव महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नेछन् ।

मंसिर १३, १४ र १५ गते महासमितिको बैठक काठमाडौंमा हुने भएको छ ।

प्रकाशित मिति : आश्विन ८, २०८० सोमबार  ७ : ५५ बजे