एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र आज



काठमाडौं, ९ असोज । नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ ।


सोमबार पार्टी अध्यक्ष केपी शर्माले उद्घाटन गरेको अधिवेशनको आज प्रज्ञा भवन कमलादीमा बन्दसत्र हुन लागेको हो ।


बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।
अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय समिति चयन गर्नेछ ।

प्रकाशित मिति : आश्विन ९, २०८० मंगलबार  ९ : २५ बजे