काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले अभियन्ता ईः लाई सम्बोधन गर्दै उनले उठाएका माग पूरा गर्न नसक्ने बताएका छन्। पत्रमा उनले ईले उठाएका माग पूरा गर्ने अधिकार आफूसँग नभएको समेत उल्लेख गरेका छन्।
‘फुटपाथ, बाटोमा व्यापार गर्नु गैरकानुनीभन्दा अलग नभएको समेत उनले उल्लेख गरेका छन्।महानगरले कानुन पालना गरिरहेको उल्लेख गर्दै आफूहरूलाई अवरोध नगर्न ईस्लाई भनेका छन्।
मेयर शाहले चुनावी एजेन्डा निबिर्सिएको पनि जिकिर गरेका छन्।‘मैले चुनावी एजेन्डा बिर्सिएको छैन र बिर्सिन्न पनि,’ बुधबार फेसबुकमा बालेनले लेखेका छन्, ‘गरिबको सधैको लागि बोल्दिने काठमाडौँ महानगर छ।’
फुटपाथ व्यवसायीलाई विकल्प दिइनुपर्नेलगायत माग राखेर काठमाडौं महानगरपालिका कार्यालयअगाडि ९ दिनदेखि निरन्तर उभिएर विरोध जनाइरहेका अभियन्ता ईःको नाममा सामाजिक सञ्जालमा मार्फत पत्र लेख्दै बालेनले फुटपाथ व्यापारबारे ७ बुँदे धारणा सार्वजनिक गरेका हुन् ।














