एमाले प्रदेश अधिवेशन : कोशी र कर्णालीमा आज निर्वाचन



काठमाडौं, १४ असोज । नेकपा एमाले कोशी र कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।कर्णालीमा मतदान बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुनेछ ।प्रदेश अध्यक्षको लागि मीनबहादुर शाही, गुलाबजङ्ग शाह र प्रकाश रोकायाको अध्यक्षमा उम्मेदवारी छ ।


अधिवेशनमा प्रदेशभरिका ६ सय ४ जना प्रतिनिधि रहेका छन् ।यस्तै, एमाले कोशी प्रदेशको पहिलो अधिवेशनमा अध्यक्षको लागि घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।नेतृत्व चयनका लागि आज बिहान ११ देखि अपरान्ह ४ बजेसम्म मतदान हुने छ ।प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन् । एमाले अधिवेशनका लागि ९ सय ९७ जना प्रतिनिधि छन् ।

प्रकाशित मिति : आश्विन १४, २०८० आईतबार  ८ : ५९ बजे