काठमाडौं, १४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू विदेश भ्रमण जाँदा सम्मानीत सदनलाई जानकारी दिएरै गएको स्पष्ट पारेका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले आफू चीन भ्रमण जाँदा जानकारी गराएरै गएको बताए उनले भने, ‘म हरेकपल्ट विदेश प्रमण जाँदा सधै सम्मानीत सदनलाई जानकारी दिएर नै गएको हो । चीन भ्रमण जाँदा पनि मैले जनकारी दिएकै थिएँ । केही माननीय सदस्यलाई थाहा रहेनछ कि भन्ने लागेको हुनाले मैले भन्नै परेको हो ।’प्रधानमन्त्री विदेश भ्रमण रहँदा सामाजिक सञ्जालमा विभिन्न टिक्का टिप्पणी भएका थिए ।














