काठमाडौं, १४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आफूले निर्देशन लिए अनुसार नेपाल आयल निगमले मूल्य वृद्धिको निर्णय फिर्ता लिएको सदनलाई जानकारी गराएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले चाडबाड र उपभोक्ताको हितलाई ध्यानमा राखी तत्काल मुल्य फिर्ता लिन आफूले निर्देशन गरे बमोजिम पुरानै मूल्य कायम गरेका जानकारी गराएका हुन् ।उनले भने,‘ हिजो देखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा गरेको वृद्धि आसन्न चाडबाड र उपभोक्ताको हितलाई पनि ध्यान राखी तत्काल फिर्ता लिन मैले निर्देशन गरे बमोजिम नेपाल आयल निगमले सो मूल्य वृद्धिको निर्णय फिर्ता लिई पुरानै मूल्य कायम गरेको छ ।’उनले बाहिर भ्रमणबाट प्रधानमन्त्री आउँदै गर्दा मूल्य वृद्धि भयो भन्ने कुरा उठेको भन्दै उक्त विषय आफ्नो जानकारीमा नभएको बताए ।














