काठमाडौं, १६ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदले नै राष्ट्रपतिको पद पटक पटक दुरुपयोग गर्दै आएको भन्दै राष्ट्रपति दुरुपयोग नभए संसदबाटै कोकोहोलो मच्चाउने गरेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा उनले संसदबाटै राष्ट्रपतिको दुरुपयोग हुदै आएको बताएका हुन् ।
ओलीले भने, ‘संसदले संविधानले निर्धारण गरेका संसदीय प्रकृयालाई उल्लंघन गरेर भित्री नियतलाई पूरा गर्न राष्ट्रपतिको पदलाई, समेत दुरुपयोग गर्न हुन्छ ? यहाँहरुले राष्ट्रपतिको पदलाई पटक पटक दुरुपयोग गर्नुभएको छ । दुरुपयोग भएन राष्ट्रपति भने कोकोहोलो मच्चाउनु भएको छ यहाँहरु (सांसद) ले भनेजस्तो भएन, आदेश पालना गरेन र आफूले भनेजस्तो गराउन पाइएन भने हुर्मत लिनुभएको छ ।’
ओलीले राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो जिम्मेवारी भन्दा सबै अरुले भनेझै काम गर्दैै बसेको बताए ।
‘अहिलेको राष्ट्रपतिको हुर्मत लिन किन सकिरहेका छैनन् भने उहाँले भनेझै गर्दिनु भएको छ । अपराधीहरुलाई दनादन छोड्दिनुभएको छ । नचिनेको सभामुखमा खुरुखुरु हस्ताक्षर गर्नु भनेपछि गर्दिनुभएको छ,’ ओलीले भने ।
ओलीले सरकारले संसद र संसदिय समितिलाई कुनै विजनेस नदिएर संसदलाई निष्क्रिय र प्रयोजनहीन बनाउन लागेको आरोप लगाउँदै गठबन्धन टिकाउन जनआवाजलाई कुल्चिएर जनप्रतिनिधिको उपहास गरेको समेत बताए ।














