काठमाडौँ । बझाङमा मंगलबार गएको शक्तिशाली भूकम्पपछि सर्वसाधारण त्रसित बनेका छन् । बझाङ सदरमुकाम चैनपुरका कैयन पक्कीघरहरु चर्किएको स्थानीयले जानकारी दिए । ‘कैयन घरहरु चर्किएका छन्, ग्रामीण क्षेत्रमा कहाँ के भयो क्षतिको कुनै विवरण आइसकेको छैन’, उनले भने ।
यद्यपि ग्रामीण क्षेत्रमा ठाउँठाउँमा घरहरु भत्किएको खबर आएको उनले बताए । उनका अनुसार हालसम्म मानवीय क्षतीको कुनै विवरण भने आइसकेको छैन ।
स्थानीयका अनुसार दुर्गाथली गाउँपालिका वडा नम्बर २ स्थित महालिंग आधारभूत विद्यालय भवन भत्किएको छ । भूकम्पपछि स–साना पराकम्पहरु समेत आइरहेकाले त्रासको अवस्था देखिएको छ । व्यवसायीहरुदेखि सर्वसाधारणसम्म अहिले खुला ठाउँमा भेला भएर बसिरहेको स्थानीयले जानकारी दिए ।










