अझै सुनको मुल्य बढ्दै, कतिमा हुदैछ कारोबार ?



काठमाडौं, २६ असोज । साताको अन्तिम दिन सुनको मूल्य उकालो लागेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।


आज छापावाल सुनको मूल्य एक लाख १० हजार एक सय र तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय ५० रुपैँया पुगेको छ । तर,चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी तोलामा १३ सय ४५ रुपयाँ कायम भएको छ ।बिहीबार एक लाख ९ हजार ५ सयमा रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ६ सयले वृद्धि भएको छ ।

प्रकाशित मिति : आश्विन २६, २०८० शुक्रबार  १ : १३ बजे