आजदेखि दशैंका लागि नयाँ नोट साट्न पाइने



काठमाडौं । यो वर्षको दसैँका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएका छ । राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र वाणिज्य बैंकहरूबाट नयाँ नोट साट्न पाइनेछ ।

नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख नरेश शाक्यका अनुसार वाणिज्य बैंकहरूलाई मागानुसार राष्ट्र बैंकले नयाँ नोट दिइसकेको छ ।

एक व्यक्तिलाई १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्ने व्यवस्था गरिएको शाक्यको भनाइ छ । राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ।

पाँचदेखि १०० रुपैयाँको एक बन्डलमा १८ हजार ५०० रुपैयाँ हुने भएकाले पाँच, १०, २०, ५० र १०० रुपैयाँका एक बन्डलका दरले उपलब्ध गराइने शाक्यले बताए ।

प्रकाशित मिति : आश्विन २९, २०८० सोमबार  ८ : १७ बजे