कुमारी बैंकको ‘बडादसैँ क्यासब्याक’ र ‘दक्षिणा योजना’ सार्वजनिक



काठमाडौं । कुमारी बैंकले बडादसैँलाई लक्षित गर्दै ‘बडादसैँ दक्षिणा’ र ‘क्यासब्याक योजना’ सार्वजनिक गरेको छ । योजनाअनुसार कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५० जनालाई बैंकले २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म क्यासब्याक दिइने बैंकले जनाएको छ ।

क्यासब्याक रकम पोस, क्यूआर र अनलाइन पेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिने जनाइएको छ ।यो अफर यही कात्तिक ६ देखि ११ गतेसम्मका रहने बैंकले जनाएको छ ।‘क्यासब्याक अफर’ योजनाले महान् चाड दसैँको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने विश्वास लिइएको बैंकले जनाएको छ ।

यस्तै, बैंकले विजयादशमीका दिन आफ्ना ग्राहकलाई थप आकर्षक सुविधासहित क्यासब्याकसँगै ‘बडादसैँ दक्षिणा’ योजना समेत सार्वजनिक गरेको छ ।

यो अफरअन्तर्गत कात्तिक ७ गते विजयादशमीका दिन मोबाइल बैंकिङमार्फत रकम ट्रान्सफर गरेर कारोबार गर्दा नदोहोरिने गरी पहिलोे एक हजार ४०० जनालाई ५० रुपैयाँ क्यासब्याक दिइने बैंकले जनाएको छ । क्यासब्याक सहभागी हुनेका निम्ति न्यूनतम कारोबार १०० रुपैयाँ हुनुपर्नेछ ।

प्रकाशित मिति : कार्तिक ३, २०८० शुक्रबार  ३ : ४६ बजे