पाउण्डको भाउ बढ्यो,यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २८ पैसा र बिक्री दर १६२ रुपैयाँ ०१ पैसा तोकिएको छ । शुक्रबारको तुलनामा पाउण्डको भाउ आज बढेर आएको छ ।

यस्तै,अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ । आज युरो एकको खरिद दर १४० रुपैयाँ ४० पैसा र बिक्री दर १४१ रुपैयाँ ०३ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा तथा अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ४७ पैसा र बिक्री दर ८४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक ११, २०८० शनिबार  १० : ३३ बजे