नेपाली संगीतमा फेरी लोक दोहोरिको दबदबा: प्रकाश सपुतको ‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा



१८ जेठ्,  काठमाडौँ

नेपाली संगीतमा फेरी एक पटक लोक दोहोरिको दबदबा देखिएको छ ।पछिल्लो समय लोक दोहोरी गितहरु धमाधम हिट हुन थालेका छन । फिल्मी गितहरुले बजार तताइ रहेका बेला फेरी एकाएक लोक दोहोरी गितहरु हिट हुन थालेका हुन । केहि समय अघी सालको पात लगायत अन्य लोक दोहोरी गितहरुले बजारमा राम्रै चर्चा कमाएका थिए ।

यसैबिच  गायक तथा सर्जक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको गीत ‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा पुगेको छ। गायक सपुतको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियो एक सातामै ४७ लाख १६ हजार बढी भ्युज पाउदै युट्युबको ट्रेन्डिङ १ मा पुगेको हो ।

गायक सपुतले यस अघी नै ‘बोलमाया’ शिर्षकको गीतबाट चर्चा कमाइसकेका छन । सपुत गलबन्दी गीत र म्युजिक भिडियोबाट गाउँको पुरानो रोदी घरको मौलिक परम्परालाई सम्झाउन प्रयत्न गरेको उनको भनाई छ।

गयक सपुतको स्वर, शब्द तथा संगीत रहेको गीतमा शान्ति श्री परियारले पनि आवाज दिएकी छन्। प्रकाश आफैले निर्देशन गरेको भिडियोमा चर्चित मोडेल अञ्जली अधिकारीको अभिनयलाई पनि दर्शकले राम्रै मन पराएका छन ।

भिडियो हेर्नुहोस्-

प्रकाशित मिति : जेष्ठ १८, २०७६ शनिबार  ११ : १४ बजे