आइतबार बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । साताको पहिलो कारोबारको दिन छापावाल र तेजाबी सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

छापावाल सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : पुस ८, २०८० आईतबार  १२ : ३८ बजे