काठ्माण्डौ-
नेपालका प्रितम आचार्य र आयुष केसी भारतीय टेलिभिजन रियाली शो सारेगमप लिटल च्याम्प को फाइनलमा पुगेका छन् । निर्णायक र दर्शकको मतका आधारमा प्रितम र आयुषसहित ६ जना आउँदो फाइनलमा पुगेका हुन् ।
आइतबार राति भएको सेमिफाइनलमा ९ प्रतिस्पर्धीमध्ये तीनजना एलिमिनेशनमा परे भने प्रितम र आयुषसहित ६ जना आउँदो फाइनलमा पुगेका हुन् । ।
नेपालका आयुष र प्रितम सँगै आस्था दास, अनुष्का पात्र, मोहम्मद फैज र सुगन्धा दतेले फाइनलमा स्थान पक्का गरेका हुन् ।
नेपालका ८ प्रतिस्पर्धी सहभागी भए मध्य १२ वर्षका आयुष र ११ वर्षका प्रितम फाइनल राउण्डमा पुगेका हुन ।










