आज तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ५ सय रुपैयाँले घटेर आज १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुन पनि तोलामा ५ सय रुपैयाँले घटेको छ ।

आज तेजाबी सुन तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, आइतबार चाँदीको मूल्य शुक्रबारको तुलनामा स्थिर छ । चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : माघ २८, २०८० आईतबार  १ : ०३ बजे