बढ्यो डलर, पाउन्ड र युरोको विनिमय दर



काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ८१ पैसा पुगेको छ ।

बिहीबार डलरको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर ३३ रुपैयाँ ८० पैसा कायम रहँदा बुधबार भने डलरको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ६७ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा पुगेको छ । बिहीबार यूरोको खरिद दर १४३ रुपैयाँ ६० पैसा र बिक्री दर १४४ रुपैयाँ २४ पैसामा कारोबार भएको थियो ।

आज बेलायती पाउन्ड एकको खरिद दर १६८ रुपैयाँ ६४ पैसा र बिक्री दर १६९ रुपैयाँ ४० पैसा रहेको छ । बिहीबार पाउन्डको खरिद दर १६७ रुपैयाँ ५७ पैसा र बिक्री दर १६८ रुपैयाँ ३३ पैसामा कारोबार भएको थियो ।

शुक्रबार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । बिहीबार रियालको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसाले कारोबार भएको थियो ।

प्रकाशित मिति : चैत्र २३, २०८० शुक्रबार  ७ : ४७ बजे