डलरको भाउ स्थिर, युरो र पाउन्डको बढ्यो



काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार आज अमेरिकी डलर हिजोको तुलनामा स्थिर छ । डलर आज एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा कायम रहेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १४५ रुपैयाँ २१ पैसा रहेको छ । मंगलबार एक युरोको खरिद दर १४४ रुपैयाँ ०१ पैसा र बिक्री दर १४४ रुपैयाँ ६६ पैसा तोकिएको थियो ।

बुधबार बेलायती पाउन्ड एकको खरिद दर १६८ रुपैयाँ ७४ पैसा र बिक्री दर १६९ रुपैयाँ ५० पैसा पुगेको छ । मंगलबार पाउन्ड एकको खरिद दर १६७ रुपैयाँ ९३ पैसा र बिक्री दर १६८ रुपैयाँ ६८ पैसा कायम थियो । सोमबारदेखि नै पाउण्ड लगातार बढ्दै आएको छ ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसाले कारोबार भइरहेको छ ।

प्रकाशित मिति : चैत्र २८, २०८० बुधबार  ८ : २३ बजे